
काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पेले दशैंलार्इ लक्षित गर्दै ‘दशैँ धमाका’उपहार योजना ल्याएको छ।
असोज २८ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जनाभन्दा बढीले पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ। इसेवाको बम्पर उपहारमा एक जनाले थाइल्याण्डको बैंकक यात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । कम्पनीका अनुसार प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रातदुई दिनको प्याकेज प्राप्तगर्न सक्नेछन् ।
द्धितिय पुरस्कारमादुई जनाले इसेवापसलमारू १० हजार बराबरको सपिङ भौचर तथा तृतिय पुरस्कारमा तीनजनाले टाइटनको घडी जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१ रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट,५ जनालाई २४ सय बराबरको मिडास इक्लास,५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई ५ सय रुपैयाँ बराबरको फुड कुपन पाउने कम्पनीले जनाएको छ।
यी पुरस्कार हरेक ३/३ दिनमा ५६ जनाका दरले वितरण गरिने र पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिएको कम्पनीले जनाएको छ।यो योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मागरि आर्कषक उपहार जित्ने कम्पनीले जनायो।इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट सय रुपैयाँ वा सो भन्दा बढि रकमलोड गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले जनाएको छ।
इसेवाको दशै धमाका योजना, तीन सय जनाले उपहार पाउने, वम्पर उपहार बैंककको दुर्इवटा हवार्इ टिकट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।












































