कक्षा १२ को परिक्षाफल प्रकासित, दुई किसिमले आयो परीक्षाफल

500

 

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बोर्डले अक्षरांक(ग्रेडिङ) र अंक पद्दतिमा नतिजा सार्वजनिक गरेको हो ।
नयाँ विद्यार्थीको नतिजा अक्षरांकमा गरेको बोर्डले आँसिकको परीक्षफल भने अंक पद्दतिमा नै सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार अक्षरांकमा जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ रहेको छ ।
परीक्षामा नियमिततर्फ कूल २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएकामा ३ दशमलब २१ देखि ३ दशमलब ६ शून्यसम्मको जिपीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । बोर्डका अनुसार २ दशमलब ८१ देखि ३ दशमलब २ शुन्य ल्याउने विद्यार्थी संख्या २७ हजार ६ सय ४३ छ भने २ दशमलब ४१ देखि २ दशमलब ८ शुन्यसम्मको नतिजा ल्याउने ५८ हजार ३ सय ४५ छन् ।
प्रकाशित नतिजा विवरण अनुसार २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य जिपिए ल्याउने विद्यार्थी संख्या ९० हजार २ सय ९९ सय छ । त्यस्तै ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेका छन् ।
बोर्डले ९७ जनाको नतिजा रद्द र २ जनाको स्थगित भएको पनि जनाएको छ ।
यसैगरी आँशिकतर्फको नतिजा पनि सार्वजनिक भएको छ । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशत अर्थात् ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । आँशिकमा कूल १ लाख १७ हजार ४ सय १४ परीक्षार्थी सहभागी थिए । नियमित तर्फको परीक्षा ग्रेडिङमा गरे पनि आँशिक विद्यार्थीको भने अँककै आधारमा नतिजा निकालिएको हो । आँसिकमा पनि २० विद्यार्थीको नतिजा रद्द र २ जनाको स्थगित गरिएको छ ।
गत बैशाखमा भएको परीक्षाको नतिजा परीक्षा बोर्डले बिहिवार सार्वजनिक गरेको हो ।