काभ्रे । १७ वर्षिया किशोरी बलात्कारको अभियोगमा काभ्रेका एकजना होटेल संचालक पक्राउ परेका छन् ।
बनेपाको चारदोबाटो चोकमा अरनिको मिठाइ भण्डार चलाइरहेका २४ वर्षिया रामशरण हुमागाईँ आफ्नै होटलमा काम गर्ने किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए ।
सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै थिइन् । हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर होटलमा लगेर जबर्जस्ती गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । त्यस दिन राति ११ बजेमात्र उनी दिदी भिनाजुको सम्पर्कमा पुगेकी थिइन् ।
इलाका प्रहररी कार्यालयका इन्सपेक्टर शाहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘अनुसन्धानबाट दोषी देखिने सबै कारबाही दायरामा आउँछन्’ उनले भनिन् । हुमागाईंलाई जोगाइदिन भन्दै केही जनप्रतिनिधि र नेताहरुले समेत प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ ।







































