ललितपुर। महालक्ष्मी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नेपाल सरकारका उपसचिव अमित ढुुङ्गानाले पद बहाली गर्नुभएको छ । सोमबार नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ढुुङ्गानालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्वागत गर्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले नवनियुुक्त प्रमुुख प्रशासकीय अधिकृत ढुंगानाबाट आगामी दिनहरूमा सहकार्य, समन्वय र सेवामुखी भावनाका साथ कार्यसम्पादन हुने अपेक्षा व्यक्त गर्नुभयो । ढुुङ्गानाको कार्यकाल पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गर्दै प्रमुख श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीच आपसी समन्वयमा मात्र नगरपालिकाको कामको परिणाम आउने बताउनुुभयो । कार्यक्रममा नवनियुुक्त प्रमुख प्रशासकीय अधिकृत ढुुङ्गानाले जनप्रतिनिधिले बनाएको नीतिलाई आफूूले पूूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ढुुङ्गाना यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहनुु भएको थियो । कुशल प्रशासकको रुपमा आफ्नो छवि बनाउँदै आउनुु भएका ढुङ्गानासँग हरेक समस्याको गरिहाइमा पुुगेर समाधान खोज्ने स्वाभाव छ । सो अवसरमा यस अघिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललाई बिदाइ गरिएको छ ।
कार्यक्रममा वडाध्यक्षहरू, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, कर्मचारीहरूको सहभागिता रहेको थियो ।







































