ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको गाउँसभा तथा तेह्राैं अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । उक्त गाउँसभाले आर्थिक ऐन २०८० लाई संशोधन गर्ने विधयेक र विनियोजन ऐन २०८० लाई संशोधन गर्ने विधयेक पारित भएको गाउँपालिकाले जनाएको छ । उक्त गाउँ सभाले विभिन्न विषयगत समितिले प्रस्तुत गरेकोे प्रतिवेदन पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।
गाउँसभामा विद्यालयका शिक्षक विद्यार्थी र स्वयम्सेविकालाई सम्मान गरिएको थियो । स्थानीय तहमा असारमा गरिने गाउँ सभालाई वर्षे अधिवेशन र पुसमा हुने गाउँसभालाई हिउँदे अधिवेशनको रुपमा प्रस्तुत गरिँदै आइएको छ । सोही अनुसार कोन्ज्योसोम गाउँपालिकाले गाउँसभाको हिउँदे अधिवेशन स्वरुप पुसमा गाउँसभा सम्पन्न गरेको हो ।
असार हुने गाउँसभाले आगामी आर्थिक वर्षका लागि नीति,कार्यक्रम र बजेट पारित गर्ने गर्छ भने पुसमा हुने सभाले गाउँसभाले बनाएको कानुनलाई पारित गरी कार्यान्वयनको प्रक्रियामा लैजाने परम्मपरा रहँदै आएको छ ।
कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका पूर्व अध्यक्ष गोपीलाल स्याङतान, सबै शाखा तथा वडाका कर्मचारी लगायतकाको उपस्थिति रहेको थियो ।








































