चन्द्र कृष्ण प्रजापतिको गुली जक बाँलाम्हः मयजु बोलको गीत सार्वजनिक 

2

भक्तपुर । चन्द्र कृष्ण प्रजापतिको बोलमा गुली जक बाँलाम्हः मयजु बोलको नेपाल भाषाको गीत बजारमा आएको छ । भक्तपुरमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।

गायक चन्द्र कृष्ण प्रजापतिको स्वरमा बजारमा आएको उक्त गीतका रचनाकार सङ्गीतकार निर्देशन अमोध वीर बज्राचार्यले गरेका हुन भने गीतको एरेन्ज भूपेन्द्र बज्राचार्यले , रेकर्डिङ मिक्सीङ मास्टरिङ फिरोज बज्राचार्यले गरेका हुन भने गीतको मिउजिक भिडियोमा अमोध वीर बज्राचार्य, सलन बज्राचार्य, भेष महर्जन, श्रृयती शाक्यले गरेका छन् । ललितपुरको विभिन्न स्थानका मनमोहक दृश्यहरूका साथ छायाङ्कन भएको उक्त गीतको सिनेमेट्रोग्राफर अमर चित्रकारले गर्नुभएको हो । यस्तै कोरियोग्राफरमा रुवी लामा मेकअप रुपा मानन्धरले गर्नुभएको छ । तीन मिनेट लामा गीत युट्युबमा हेर्न सकिन्छ ।