भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा नजिकिदै गरेको विजया दशमिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा रहेको सिचापाखा कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको सहकार्यमा विजया दशमिको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा महिला ६ र २३ पुरुष गरी २९जनाले रक्तदान गर्नुभएको थियो ।
सिचापाखा कृषि सहकारी संस्थाका उपाध्यक्ष सुमित्रा दाहालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
अतिथि पाण्डेले विजया दशमी जस्तो ठुलो चाडमा भैपर्ने आपतकालिन घटनालाई सहज गर्न आयोजित रक्तदान कार्यक्रम नै सवै भन्दा ठुलो दान एवं शुभकामना भएको बताउनुभयो ।
उहाँले विजया दशमी एवं नजिकिदै गरेको विभिन्न चाडहरुलाई मध्यनजर गर्दै युवाहरुलाई रक्तदान गर्न र ब्लड बैकहरुमा रगतको अभाव हुन नदिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सुडाल उपशाखाका सभापति विदुर नेपाल, सरसापट वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक खत्री, गंगेश्वर वचत तथा ऋण सहकारीका अध्यक्ष गणेश प्रसाद दुलाल, समाजवाद अध्ययन केन्द्र दुर्गा प्रसाद फूयाँल, सिचापाखा सहकारी संस्थाका व्यवस्थापक माधव घोरसाइने लगाएतले शुभकामना दिनुभएको थियो ।







































