काठमाडौं । चक्रपथ सफाइको आठौ हप्ता शनिबरसम्म पग्दा सहभागीहरुको जनलहर छाएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सुरु अभियान अन्तर्गत शनिबार सीतापाइलादेखि स्वयम्भ हलचोक सफाई गरिएको छ ।
चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको थियो । तर अहिले त्यसमा सहभागीहरुको संख्या वढदो देखिएको हो । शनिबारको सफाईमा शसस्त्र पहरी, जनपथ प्रहरी, टाफिक प्रहरी, नागार्जुन नगरपालिकाका मेयर, काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुसहितको तीन सय भन्दा वढी सहभागी थिए ।
सडकमा भएको धुलो वढार्ने, सडक छेउमा रहेका झारपात काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो । सफाईको काम विहान सात वजेदेखि नौ बजेसम्म भएको थियो ।
सफाई अभियान हरेक शनिबार विहान सात वजेदेखि नौ बजेसम्म दुई घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताउनुभयो । “हामी झार खान्छौ तर हार खाँंदैनौ”, अभियन्ता कुँंवरले भन्नुभयो, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं ।
कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो ।
चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत दुई वर्ष अगाडि सात हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट दुई सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो ।
अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताउनुभयो । चक्रपथ विस्तारपछि चक्रपथ आसपास हराभरा बनाउन वृक्षारोपण गर्ने र चक्रपथ सुगन्धित बनाउने योजना रहेको सुनाउनुभयो ।
उहाँका अनुसार अव खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको वताउनुभयो । हाम्रो अभियान केवल चक्रपथ सफा गर्ने मात्र नभएर पुरै काठमाण्डौ उपत्यका हराभरा वनाउने हो जसका लागि सवै एक जुट हुन आवश्यक छ ।