
घाना। अफ्रिकी देशहरु यतिबेला ‘बोइलिङ फ्रग इफेक्ट’बाट ग्रस्त छन्। बोइलिङ फ्रग इफेक्ट भनेको मूर्खतापूर्ण ब्यबहारले बिस्तारै मृत्युको मुखमा पुग्नु हो।
तपाईं तातो पानीको भाँडोमा भ्यागुतालाई राखिदिनुस् भ्यागुता उफ्रेर भाग्छ। तर यदि त्यहि भ्यागुतालाई चिसो पानीको भाँडोमा राख्नुस् र बिस्तारै बिस्तारै पानीलाई तताउँदै जानुस् भ्यागुता त्यो भाँडोबाट भाग्दैन। बरु आफ्नो शरीरको तापक्रम पानीको तापक्रमसँगै एडजस्ट गरेर बसिरहन्छ। र अन्तमा यस्तो अवस्था आउँछ जब भ्यागुताको शरीरले तातो धान्न सक्दैन र मूर्खतापूर्वक जीवन गुमाउँछ।
चीनसँगको अफ्रिकी देशहरुले हाल गरेको सम्झौता पनि यस्तै हो। अफ्रिकामा नवउपनिवेशवाद हावी भैरहेको ट र यसो हुनुमा अफ्रिकी नेताहरुको गैरजिम्मेवारीपन र स्वार्थप्रेरित निर्णयहरु नै हुन्।
आज चीन अफ्रिकालाई मुख रसाउने गुलिया अफरहरु दिइरहेका छन्। उनीहरुले परियोजनाकालागि प्रसस्त ऋण पनि दिइरहेका छन्। चीनका प्रस्तावहरु हेर्दा निकै आकर्षक छ तर वास्तविकतामा धेरै खतरनाक पनि ।
जाम्बियाको सरकारले चीनसँगको सम्झौतामा अनेकौं परियोजनाहरु सुरु गरेको छ। तर चीनको ऋणबाट नराम्री डुबेको सरकारसँग चीनले हालै लुसाकामा रहेको केनेथ कौन्डा अन्तराष्ट्रिय बिमानस्थल टेकओभर गर्ने प्रस्ताव राखेको छ।
जाम्बिया सरकारले सन् २०१५ मा तीन वर्षे बिस्तारको परियोजना सुरु गरेको थियो। यसकालागि जाम्बियाले चीनको एक्जिम बैंकसँग ३६० मिलियन डलर ऋण लिएको थियो। यसकालागि चीनको जियाङजी इन्टरनेशनलसँग सम्झौता गरी यसै वर्षमात्र बिमानस्थलको बिस्तार गरेको थियो।
नयाँ बिस्तारित परियोजना अन्तर्गत दुइ तले टर्मिनल भवन, २२ वटा चेकइन काउन्टर, १२ वटा बोर्डर काउन्टर प्रेसिडेन्सियल टर्मिनल र नयाँ एयर ट्राफिक कन्ट्रोल भवन लगायत टावर र नयाँ होटल समेत बनेको छ। अब बिमानस्थलको नयाँ टर्मिनल चीनको ब्यबस्थापनमा आगामी सन् २०१९ देखि सुरु हुने बताइएको छ।
यो यस्तो मुद्दा हो जहाँ जाम्बियाले आफ्नो आर्थिक क्षमताभन्दा बाहिरका परियोजनाहरु ऋणमा सुरु गरिरहेको छ र यसबाट आफूलाई चीनको औंलामा नाच्ने अवस्थामा पुर्याइरहेको छ।
तर अफ्रिकी देशहरुमा यो अवस्था निम्त्याउनु चीनकै रणनीति हो। यसमा एक्लो जाम्बियामात्र छैन।
चीनले जाम्बियाको राष्ट्रिय ब्रोडकास्टिङ कर्पोरेसनको ६० प्रतिशत शेयर पनि लगिसकेको छ यसको अर्थ उसले मिडियामा पनि कब्जा जमाइसकेको छ र उ अफ्रिकामा प्रभाव जमाउन मिडियाको पनि भरपुर प्रयोग गर्दैछ।
अफ्रिकी नेताहरु चीनसँग भटाभट सम्झौता गरिरहेका छन्। चीनिया मल्टिनेशनल मिडिया कम्पनी स्टारटाइमले अफ्रिकाका मुख्ख मिडिया इन्टि सच्युसनहरुमा आफ्नो प्रभाव जमाइसकेको छ। यसैगरी अफ्रिकाका ठूला खानी उद्योगहरु पनि चीनको पोल्टामा जाँदैछ। अब यसलाई आधुनिक युगको दासत्व नभने के भन्ने?
२१औं शताब्दीमा अफ्रिका फेरि साङ्लो बिनाको दास बन्दैछ र हामीलाई यसरी दास बनाउने हाम्रै अदूरदर्शी र स्वार्थी नेताहरु हुन्। जुन सबैभन्दा दूखद पक्ष हो।
(रिचर्ड क्रा घानाका चर्चित ब्लगर तथा एक्टिभिस्ट हुन्।)
जाम्बियाको अन्तराष्ट्रिय बिमानस्थल चीनको पन्जामा, के बिकासको नाममा अफ्रिका फेरि दास बन्दैछ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।







































.gif)

