टोलटोलमा प्रहरी तेस्रो हप्तामा

831

 

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं अन्र्तगत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले असार अन्तिम हप्ताको शनिबारदेखि शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ तेस्रो शनिबार पनि जारी रह्यो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको सहभागितामा भएको आजको टोलटोलमा प्रहरी अभियानको तेस्रो हप्ता भने टोलटोलमा सफाई गरेर सम्पन्न भयो ।

सहयोगीनगर मार्ग, बागमती नदी किनार हुँदै दोभान पुलसम्मको सडकको दुवै किनार सफाई अभियानमा गत महिनाको उत्कृष्ट प्रहरी निरीक्षक पुरस्कारबाट पुरस्कृत महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामा तथा सोही प्रभागका अर्का यस महिना उत्कृष्ट नायव निरीक्षक पुरस्कारबाट पुरस्कृत नायव निरीक्षक श्याममणी पोखरेलका साथै ३२ नं वडा सदस्य, स्थानीय टोलवासी तथा क्लव र संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सामुदायिक सेवा तथा विकास समाजका पदाधिकारीका साथै सामुदायिक प्रहरी सेवा कोटेश्वरका प्रहरीको पनि सहभागिता रहेको मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीले बताए ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले सो वृत्त मातहत काठमाडौं महानगरको १०,३१ र ३२ नं वडामा ३ महिनासम्म हरेक शनिबार टोलटोलमा प्रहरी अभियानमार्फत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।