ट्रिटनमा ‘अमृत भोजन’

756

काठमाडौं । एकिकृत उपभोक्ता संघ तथा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, सुविधानगरले गएको गणेश चतुर्थीको अवसर पारेर सुविधानगरस्थित गणेश मन्दिरमा भगवान
श्रीगणेशको पुजा अर्चना गर्नुका साथै विद्यार्थी तथा स्थानीय टोलवासीलाई ‘अमृत भोजन’ गराएको छ ।
गहुँ, चना, मुँग, केरउलाई उमारेर त्यसमा काजु, किसमिस, बदाम, ओखर, नरिवल÷छोगोडा लगायतका विभिन्न ड्राइफ्रुटका साथै मेवा, अङ्गुर , स्याउ, आँप, अनार
फलफूल तथा मह हालेर बनाइएको काँचो तर स्वास्थ्यवर्धक खानालाई नै ‘अमृत भोजन’ भनिन्छ ।
शारिरीक स्फुर्ती र वृत्तिविकासमा अत्यन्तै महत्वपूर्ण मानिने, स्मरणशक्ति बढाउन र पेट स्वास्थ्यका लागि प्रभावकारी मानिने प्रोटिन र भिटामिनको स्रोतको रुपमा

अमृत भजनलाई लिने गरिएको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी बताउँछन ।
विगत दुईवर्षदेखि ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल र एकीकृत उपभोक्ता समितिले त्यसप्रकारको अमृत भोजन बनाई वितरण गर्दै आएको छ ।
ट्रिटन स्कुलका निर्देशक एवम् योगगुरु राजन सवेदी तथा एकिकृत उपभोक्ता समितिकी सदस्य उर्मिला पाठक र सानू श्रेष्ठले अमृत भोजन तयार गरेका थिए भने समितिका
अध्यक्ष मदन शिवाकोटी सहितको टोलीले अमृत

भोजन वितरण गरेको थियो ।