डोलेश्वरमा बेबिलोन स्काउटको सेवा

990

भक्तपुर । केदारनाथको शिरको रुपमा परिचित डोलेश्वर महादेवको दर्शनका लागि भक्तपुरको सिपाडोलस्थित डोलेश्वर मन्दीरमा साउनको दोस्रो सोमबार दर्शनार्थीहरुको भीड लाग्यो ।

हरेक साउनको सोमबार तथा अन्य महिनाको शनिबार सो मन्दीरमा दर्शनार्थीहरुको भीड लाग्ने गरेको डोलेश्वर मन्दीर संरक्षण समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले बताए ।

भक्तपुर शहरदेखि दक्षिणपुर्वमा रहेको सो मन्दीरमा दर्शन गर्नमात्रै नभई दर्शनार्थीहरुको लाइनलाई सरल, सहज र छिटो बनाउन विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका स्वयमसेवकको साथै स्काउट विद्यार्थीहरु मेला अवधिमा खटिने गरेका छन ।

साउनको दोस्रो सोमबार डोलेश्वर महादेव मन्दीरमा आउने दर्शनार्थीहरुको सरल र सहजताका लागि बेबिलोन नेशनल स्कुल अन्तर्गत बेबिलोन स्काउट ट्रुपका ५१ जना स्काउट सोमबार त्यहाँ गएका थिए ।

विद्यालयका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदी तथा स्काउट गुरु रञ्जनलाल श्रेष्ठको नेतृत्वमा रोभर र रेन्जर स्काउटसंग गएका स्काउटहरुले २ घण्टा सेवा गरेका थिए । त्यस अवसरमा भक्तपुर जिल्ला स्काउटका जिल्ला संगठन आयुक्त शिवकुमार त्वायना तथा स्काउट गुरु बलराम प्यासी पनि सहभागी थिए ।

डोलेश्वर महादेवको सेवापछि उनीहरु सुर्यविनायक गणेशको दर्शन गरि खाजा खाएर विद्यालयमा फर्केका थिए ।