तीन राप्रपाबीच पार्टी एकिकरण छिटै हुन्छ : राणा

350

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले तीन राप्रपाबीच छिटै एकिकरण हुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन (प्रजातान्त्रिक)को भक्तपुरमा आयोजीत तीज विशेष कार्यक्रममा पत्रकार सँग कुरा गर्दै उनले तीन राप्रपाबीच छिटै नै एकिकरण हुने बताएका हुन् ।
अध्यक्ष राणाले पार्टी एकीकरणको लागि आफूले वार्ता समिति बनाएको र उक्त समितिले पार्टीसँग विचार र भावना मिल्ने व्यक्ति र पार्टीसँग एकताको लागि संवाद गरि रहेको जनाउँदै यसले राष्ट्रबादीहरुलाई एक स्थानमा ल्याउने उनको ठम्याई थियो ।


उनले कहिलेसम्म पार्टी एकता हुन्छ भन्ने प्रश्नको भने स्पष्ट जवाफ दिएनन् तथा पार्टी एकता गर्न गठित समितिको क्रियाशीलतामा उक्त कुरा भर पर्ने बताउँदै यसले छिटै कार्यदिशा दिनेमा आफू विस्वस्त भएको बताए ।
यस्तै पार्टीका युवाहरुले पूर्व युवराज पारससँग भेटको पछाडीको कुरा के हुन् सक्छ भन्ने प्रश्नमा उनले आफूलाई युवाहरुले पासरलाई भेटेको थाहा नभएको बताए । यस्तै आफ्नो पार्टी प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएको बताउँदै कसले कसलाई भेट्छ भन्ने प्रधान कुरा नभएको समेत बताएका थिए ।
सञ्चारमाध्यममा तीन राप्रपाका युवा नेताले पूर्वयुवराज पारस शाहसँग भेटवार्ता गरेको समाचार सार्वजनिक भएको थियो । उक्त भेटमा पूर्वयुवराज पारसले तीन राप्रपाको एकताबारे चासोसमेत व्यक्त गरेको खबर बाहिर आएको छ ।
कार्यक्रममा पार्टीका महामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य एवं युवक संगठन विभाग प्रमुख रवीन्द्रप्रताप शाह, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सुरेन्द्र केसीलगायतले प्रजातन्त्रवादी फुटेरभन्दा जुटेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।