तेमाल । गुरु रिम्र्पोछेको मुखारआकृत स्थल डुप्पा ने घुमा धर्मगुरु अवतारी टुल्कु साङ्के शेडुव ठिन्ले पालशाङपो रिम्पोर्छे र खेन्पो फुर्वो तामाङ ज्यूद्दारा विषेश पुजा सम्पन्न भएको छ । डाकिनी तिथिमा गुरु रिम्पोर्छेको पाठबाट छोग मरमे तथा आयु अभिषेक(वाङ) साथै हेलिकप्टरबाट पुष्प वृष्टि समेत गरिएको थियो ।

समाजसेवी तथा चर्चित खलनायक विकु थोकरको विषेश सहयोग तथा संचारकर्मी सुदिन लामा दोङको विषेश पहलमा तेमाल गाउँपालिका वडा नम्वर ९ चोपटार स्थित डुप्पा ने घुमा विषेश पुजाआजा गरिएको हो ।

गुरु पद्म संभावाले तपस्या गरेको स्थल तथा पहाडमा उहाँको मुखाकृत भएको उक्त स्थानको प्रचार प्रसार तथा संरक्षण एवं धार्मिक पर्यटन विकासका लागि पुजा गरिएको स्थानीय बासी एवं संचाकर्मी सुदिन लामाले बताउनुभयो ।
उहाँका अनुसार गुरु पद्म संभवको मुखाकृति रहेको उक्त स्थल हिन्दु तथा बौद्द मार्गिहरुको ठुलो तिर्थ स्थल भएपनि ओझेलमा परेको स्थानका रुपमा रहेका कारण यसको प्रचार प्रसार एवं उक्त स्थानको संरक्षणका लागि विषेश पुजा आयोजना गरिएको जनाउनुभएको छ ।







































