त्रीपुरा नगरटोल सुधार समितिको तेस्रो साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

29

चाँगुनारायण, भक्तपुर – चाँगुनारायण नगरपालिका–२ स्थित त्रीपुरा नगरटोल सुधार समितिले तेस्रो साधारणसभा सम्पन्न गर्दै आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाबाट सर्वसम्मत रूपमा श्याम थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो ।
समितिको अन्य पदाधिकारीहरू निम्नानुसार रहेका छन् उपाध्यक्ष श्रृजना मल्ल ठकुरी, सचिवमा बोमहरी दहाल, कोषाध्यक्ष राजन मिजार , सदस्यहरू उत्तम मल्ल ठकुरी, गोरिका राई, अयोध्या श्रेष्ठ, कालुराम बोगटी, इन्द्रकुमारी ढकाल, सुवास आचार्य, शर्मिला थापा सर्वसम्मतबाट निर्वाचित हुनुभएको थियो । शनिवार टोलमा आयोजित साधारसभाबाट उहाँहरु सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य वाग्मती प्रदेशका माननीय सरेश श्रेष्ठ रहनुभएको थियो। उहाँले टोल टोलको विकास गर्न सकेमात्र हाम्रो नगर विकास हुने बताउँदै सबैले आफ्नो टोल निर्माण गर्न कम्वर कसेर लाग्नु पर्ने बताउनुभएको थियो । यस्तै कार्यक्रममा चाँगुनरायण नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सोम प्रधान, नेपाली काँग्रेस चाँगुनरायण न.पा. वडा नम्वर २ का सभापति रिगेन कार्की, राप्रपाका नेता सन्तोश के.सी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व उपेन्द्र ढकालले गर्नुभएको थियो ।
नयाँ बनेको कार्यसमितिलाई निर्वतमान हुनुभएका अध्यक्ष उपेन्द्र ढकालले स्वागत गर्दै नयाँ कार्यभार सुम्पनुभएको थियो । यस्तै नयाँ कार्यसमितिले त्रीपुरा नगरटोल सुधार समितिले आगामी दिनहरूमा नगरको विकास, सरसफाइ, सामाजिक समृद्धि तथा समुदाय हितका विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।