दशैंमा सुरक्षा उपाय अपनाउन प्रहरीको र्याली

253

काठमाडौं । वडादशैं, तिहारलगायतका चाडवाडको मुखमा हुनसक्ने चोरी नियन्त्रण गर्न सुरक्षासम्वन्धी विभिन्न उपाय अपनाउन वडावासीलाई सचेत गराउन प्रहरीले बुधबारदेखि जनचेतनामूलक र्याली शुरु गरेको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायीक सेवा समिति तथा सामुदायीक प्रहरी सेवा केन्द्र वडा नं १०, ३१ र ३२ को पहलमा आयोजित सो र्यालीको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक वसन्तकुमार लामाले उद्घाटन गरे ।
नयाँबानेश्वर चोक संघीय संसद भवन अगाडिबाट शुरु भएको र्याली रत्न राज्यलक्ष्मी मावि मध्य बानेश्वरसम्म पुगेर समापन भएको थियो ।
जनतालाई सुरक्षित राख्नु नेपाल प्रहरीको दायित्व भएको उल्लेख गर्दै चाडवाडको बेलामा चोरी, डकैती र अन्य अपराधका घटना बढ्ने हुनाले दशैं आउनु अगावै वडावासीलाई सुरक्षित राख्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको वृत्तका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेले बताए ।