काठमाडौं । नेपालमा हाल विभिन्न धर्मका नाममा प्रचार प्रसार तथा धर्म परिवर्तन गराउनेलाई कारवाहीको दाएरामा ल्याइने भएको छ ।
गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरुलाई सम्बोधन गर्दै कुनै पनि धर्म परिवर्तन गराउने गिरोह वा व्यक्तिहरुलाई कारवाहीको लागि पत्राचार गरेको हो ।
नेपालीहरुको आस्थाको धरोहर पशुपतिनाथमा समेत धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएपछि अभियन्ता धुर्वराज लुईटेलले गृह मन्त्रालयमा दिएको निवेदनलाई सम्बोधन गर्दै गृहले धर्म परिवर्तन गराउने हरुमाथी कारवाहीको दायरामा ल्याउन जिल्ला प्रशासनलाई पत्रचार गरेको हो ।
विभिन्न जिल्लाहरुमा धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रमहरुमा सहभागी भएका् बिदेशी नागरिकहरु गैरकानूनी रुपमा धर्म प्रचार(प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न हुने गरेको साथै कतिपय विदेशी नागरिकहरु विना प्रवेशाज्ञा हिंडडुल गर्ने गरेको पाइएकोले विदेशी नागरिकहरुको कानून विपरीतका गतिविधिहरुको सुक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्नुहुन आदेशानुसार अनुरोध गृहले जिल्ला प्रशासन कार्यलयलाई गरेको हो ।
अभियन्ता धुर्वराज लुईटेलले नेपालको संविधान २०७२ मा धार्मिक स्वतन्त्रता हक सुनिश्चित गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५७ मा धार्मिक रिति स्थितिमा बाधा पुऱ्याउन नहुने, धर्म परिवर्तन गराउन र सोको उद्योग गर्न नहुने कानूनी व्यवस्था रहेकोमा हिन्दुको पुरातन मन्दिर भत्काउने, सनातन धर्ममा आच पुर्याउने, सनातनीहरुको भावनामा ठेस पुऱ्याउने, सनातन धर्मको बारेमा अनर्गल रुपमा प्रचार प्रसार गर्ने, पशुपतिनाथको मन्दिर परिसरमा पनि क्रिश्चियनहरुले प्रचार प्रसार गरी बाइबल बाड्ने गरेकोले विदेशीहरुले समेत मन्दिर परिसरमा धर्म प्रचार गरी हिडेकोले यस्ता कानून विपरित कार्य रोकी कानून विपरित कार्य गर्ने हरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १५८९१० र ९२० विपरितको कसूरमा ऐ। दफा १५८९३० ९४० बमोजिम सजाय गरी पाउँ भनी गृहमा निवेदन गर्नुभएको थियो ।








































