Home समाचार नक्कली नेपाली माथि भएन कारवाही , कहिले सम्म भारतियको दादागिरी
विनेशी भन्ने रामबिनय पंडित विदेशी नागरिक भएको भारतीय निर्वाचन पहिचान पत्रबाट पुष्टि हुदाहुदै पनि कारवाही नहुनु ‘लेनदेन’को खेल भएको हुन सक्छ ।
राकेश यादव,गौर । भारतीय नागरिकले गलत विबरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गरेको उजुरी परेको ७ महिना वितिसक्दापनि सम्बन्धित निकाय मौन छ ।जालसाजी गरी नागरिकता प्राप्त गरेका व्यक्ति विरुद्ध सम्पूर्ण प्रमाणसहित जिल्ला प्रसाशन कार्यालय रौतहटमा उजुरी दिएको ७ महीना वित्न लाग्दा समेत कारवाही प्रकृया अगाडि बढन सकेको छैन् । गौर नगरपालिका वड़ा नम्बर ४ निवासी ५० वर्षीय बैजू पंडितले प्रमाण सहित नक्कली नागरिक विरुद्ध उजुरी दिएका छन् ।
भारत विहार राज्य सीतामढ़ी जिल्ला प्रखण्ड बैरगनिया पंचायत जमुआ टोल हसीमामा जन्म घर भएको विनेशी पंडितले गलत विबरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेको भन्दै बदर गर्नको लागि २०७५ साल भाद्र ३ गते जिल्ला प्रसाशन कार्यालयमा निवेदन दर्ता गराएको बैजुले जनाए ।
उजुरीमा विदेशी नागरिकले गौर नगरपालिका वड़ा नम्बर ७ मा बस्ने जगरनाथ पंडितको छोरा रामविनय पंडितको नामबाट नागरिकता लिएको उल्लेख रहेको छ । १७९ दर्ता नम्बर रहेको उजुरी पत्रमा नागरिकता नम्बर ३२००१।१९२ मिति २०६३।१२।१५ मा झूठा विबरण पेश गरी जन्मको आधारमा नागरिकता लिएको आरोप लगाइएको छ ।
२०६३ साल चैत महीनामा रौतहट जिल्लामा घुम्ती नागरिकता वितरण टोली खटेको थियो । टोली खटेको बेला राजनितिक दलका प्रतिनिधिहरुको सिफारिसको आधारमा कयौं भारतीय नागरिकले झूठा विबरण पेश गरी नेपाली नागरिकता लिएका थिए ।
भारतीय नागरिकसँग विहे गरेकी मनसिफ पंडितकीे छोरी विनेशी भन्ने रामबिनय पंडितको श्रीमती गीता देवीले पनि वंशजको नाताले नागरिकता प्रमाण पत्र नम्बर ३२१००१।३५४९ मिति २०६९।९।५ मा नेपाली नागरिकता लिएको निबेदकले बताए । विनेशी भन्ने रामबिनय पंडित विदेशी नागरिक भएको भारतीय निर्वाचन पहिचान पत्रबाट पुष्टि हुदाहुदै पनि कारवाही नहुनु ‘लेनदेन’को खेल भएको हुन सक्छ ।सोझासाझा माथि उजुरी पर्ने वित्तिकै सक्रीय हुने स्थानीय प्रसाशन प्रमुखले विदेशी नागरिकले गलत तरीकाबाट नेपाली नागरिकता लिएको प्रमाण हुदा पनि कारवाही प्रकृया अगाडि नबढाउँदा अख्तियार लगायतका निकायहरुले चासो लिनुपर्ने निवेदक बताउँछन् । विनेशी पंडित जन्म २०३० बैशाख ५ गते गौर नगरपालिका ७ मा भएको नागरिकतामा लेखिएको देखिन्छ । भारतीय मतदाता क्रम संख्या ४२४ रहेको विनेशी पडितको घर संख्या ६९ रहेको कागजातबाट पुष्टि भैरहेको छ ।
विनेशी पंडितको आमा सुनरी देवीको ४२१ , श्रीमती गीता देवीको ४२५ , दाजु जगदीश पंडितको ४२२ र भाउजु प्रमिला देवीको भारतीय मतदाता क्रम संख्या ४२३ रहेको मतदाता सुची समेत निवेदनसाथ पेश गरिएको छ । रामविनय पंडित र जगरनाथ पडितको जन्म गौर नगरपालिका ७ मा भएको कुनै रेकर्ड समेत छैन् ।
एउटै नागरिकले दुइ देशको नागरिक हुन नसक्ने कÞानूनी व्यवस्था भएकोले नेपाल सरकारलाइ झुक्याएर विदेशी पहिचान हुदाहुदै नक्कली विबरण पेश गरेर नेपाली नागरिकता लिने विनेशी भन्ने रामबिनय पंडित , गीता देवी र सिफारिस गर्ने व्यक्तिहरुलाई समेत कानूनी दायरामा ल्याउनु पर्ने देखिन्छ ।
विदेशी नागरिकले सरकारी लाभ लिने जग्गा खरीद विक्री गर्ने उदेश्यले यस्तो गर्दै आएको थुप्रै उदाहरण रहेकोले सम्वन्धित निकायले समय मै छानविन गरी दोषी उपर कारवाही गर्नुपर्ने निवेदकको माग छ ।
Related