नायक तिर्थकुमार दोङलाई सहयोग गर्न तामाङ चलचित्र संघको आग्रह

229

काठमाण्डौं । तामाङ चलचित्रका नायक तिर्थकुमार दोङ लाई सहयोग गर्न तामाङ चलचित्र संघले आग्रह गरेको छ ।

चलचित्र संघको बुधबार बसेको बैठकले नायक दोङलाई ५१ हजार नगद सहयोग गरे सँगै उनलाई सहयोग गर्न सम्पूर्ण चलचित्र कर्मी तथा चलचित्र प्रेमीहरुलाई तामाङ कलाकार संघका अध्यक्ष विकु थोकरले आग्रह गरेका हुन् ।

अचेत अवस्थामा उपचार गराई रहेका नायक दोङको आर्थिक अवस्था कमजोर रहेको छ ।

उनको थप उपचारको लागि सम्पूर्णमा सहयोगको याचना संघले गरेको छ । नायक दोङको कोटेश्वर तीनकुने स्थित कान्तिपुर अस्पतालमा उपचार भई रहेको छ । उनी लामो समय देखि कलोजोमा समस्या आएर उपचार गराई रहेका छन् ।