भक्तपुर । युवा गजलकार एवं पत्रकार विकास थापा ‘प्रहर’को चौंथो एकल गजल साँझ २०७५’ सम्पन्न भएको छ । त्रिपुरा न्युज साप्ताहिकको पाचौं बार्षिकोत्सवको अवसरमा आयोजित गजल साँझ गजलकार ‘प्रहर’को एकल गजल वाचन संगै गायक तथा संगीतकार राज सागर र गायिका अन्जु श्रेष्ठको प्रस्तुती सहित साँगामा सम्पन्न भएको हो ।
नेपाली गजल लेखनमा लामो समयदेखि सक्रिय युवा गजलकार विकास ‘प्रहर’ले आफ्नो चौथो एकल गजल साँझमा १० वटा गजल वाचन गरेका थिए भने उनका संगीतवद्ध ६ वटा गजल गायक राजसागरले प्रस्तुत गरेका थिए जसमा गायिका अन्जु श्रेष्ठले साथ थिएकी थिइन् ।
‘प्रहर’ले हरेक बर्ष झैंं यो बर्ष पनि आयोजना गरेको गजल साँझ कार्यक्रममा त्रिपुरा न्युज र प्रहरका छोरा निस्रब को जन्मदिनको केक पत्रिका र छोराको संयुक्त नाममा काटिएको थियो ।
एकल गजल साँझमा नेपाली साहित्य र संगीत क्षेत्रका नयाँ पुराना पुस्ताको बाक्लो उपस्थिती रहेको थियो ।






































