प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सिफारिस

254

काठमाडौं । संवैधानिक परिषद्को बिहीबार विहान बसेको बैठकले नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको छ । परिषद बैठकले राणाको नाम अनुमोदनका लागि संसदीय सुनुवाई समितिमा पठाएको छ । समितिले सिफारिसलाई अनुमोदन गरे राणा वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको उत्तराधिकारी बन्ने छन् ।

प्रधानन्यायाधीशका लागि वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र राणा दावेदार थिए । न्यायाधीश जोशीको नाम यसअघि पनि सिफारिस भएकोमा संसदीय सुनुवाई समितिले अस्वीकार गरेपछि मिश्र प्रधानन्यायाधीश बनेका थिए ।