काठमाडाैं : प्रहरीको फरार सूचीमा रहेका अभियुक्त ‘कट्टु’ भनिने मनिष मानन्धर पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ‘कट्टु’ लाई सोल्टीमोडबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकामा भएका दर्जनौं डाँका र लुटपाट मुद्दामा संलग्न रहेको भन्दै प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । पछिल्लो समय खोजी कार्य तिब्र पारी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मानन्धर २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दाका फरार अभियुक्त हुन्। यसबाहेक उनी विभिन्न नौ वटा मुद्दामा संलग्न रहेको बताइएको छ ।
Related