बानेश्वर क्षेत्र तनावग्रस्त, सडक प्रदर्शनकारीको कब्जामा

0

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले चोकमा आगो बालेर प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले प्रहरीलाई समेत चोकबाट लेखेटेका छन् । शंखमुलतर्फ जाने सडकबाट प्रदर्शनकारीले प्रहरीलाई लेखेटेका छन् ।

कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ ।