भक्तपुरको जगाती चेक प्वाईन्ट नजिकै बस दुर्घटनाः १० घाईते, ३ को अवस्था गम्भिर

507

भक्तपुरः भक्तपुरको जगाते नजिकै रहेको अरनिको राजमार्गमा यात्रु बस दुर्घटनामा परेको छ ।

शुक्रबार काठमाडौंबाट बनेपातर्फ जादै गरेको सिटि यातायातको बा२ख७२७३ नम्बरको रिर्जब बस सडकमै पल्टिएको हो।

उक्त दुर्घटनामा १० जना घाईते भएको र ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाईतेहरुको भक्तपुर अस्पताल र ईवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

बस चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरिक्षक रेबति रमण पोखरेलले जानकारी दिएका छन् ।