भक्तपुरमा जिल्ला विपद् प्रतिकार्य टोलीको भेला

648

 

भक्तपुर
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा मौसमी विपद् पूर्वतयारी योजनाको बारेमा जानकारी दिने उद्धेश्यले भक्तपुर जिल्ला भित्रका जिल्ला विपद् प्रतिकार्य टोली ९म्ष्कतचष्अत म्ष्कबकतभच च्भकउयलकभ त्भबm ०का सहभागितामा १ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
भक्तपुर रेडक्रसले तयार गरेको मौसमी पूर्वतयारीको योजना र जिल्ला विपद् प्रतिकार्य टोलीको भूमिकाका बारेमा छलफल गरिएको भेलामा ४ महिला र २२ पुरुष गरी २८ जनाको सहभागिता रहेको थियो । जिल्ला शाखाद्धारा विभिन्न परियोजनाहरु अन्तर्गत संचालन गरिएको प्रशिक्षणबाट १०६ जना स्वयंसेवकहरु तयार गरिएको थियो । २१ वटै उपशाखामा कम्तीमा ४ जना देखि बढिमा ७ जना तालिम प्राप्त सदस्यहरु रहेका छन् । वर्षात्को समयमा आउनसक्ने बाढि, पहिरो, महामरी जस्ता प्रकोपहरु बाट जन धनको सुरक्षा गरी जोखिम न्यूनीकरण कसरी गर्ने र भइ हालेको अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि तालिम प्राप्त जिल्ला विपद् प्रतिकार्य टोलीलाई परिचालन गरी आवश्यक द्रुत तथा विस्तृत सर्बेक्षण फारमहरु भर्नको लागि अभ्यास गराइएको थियो । टोली सदस्यहरुलाई जिल्ला शाखाका उपसभापति कृष्ण गोपाल लागेजू, मन्त्री परशुराम पाण्डे, जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक कृष्णेश्वरी हाडा र उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश थापाले मौसमी पूर्वतयारी योजना, यसको महत्व, जिल्ला विपद् प्रतिकार्य टोलीको काम, कर्तब्य तथा सर्बेक्षणका फारमहरुका बारेमा जानकारी गराइएको थियो ।