भक्तपुर । भक्तपुर विद्युतीय साम्रागी व्यवसायी संघको आयोजनामा तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा ब्यापार मेला हुने भएको छ । एक्स्पो भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफल रहेको खुल्ला चौरमा हुनेछ ।
संघका उपाध्यक्ष तथा एक्स्पो संयोजक माधवप्रसाद प्रजापतिले पुस २६ देखि ३० सम्म एक्सपाे हुने जानकारी दियका छन् । अघिल्लो वर्षको भन्दा अहिलेको एकस्पो अझ व्यवस्थित हुने दाबी प्रजापतिको छ ।
उनका अनुसार १७० स्टल रहने उक्त एक्स्पोमा १५० भन्दा बढि व्यवसायीहरुको सहभागिता रहने छ । यस एक्स्पोका लागि करिब ७० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । एक्स्पोमा करिब २ लाखले अवलोकन गर्ने र ५० करोड रुपैयाँ बराबरको कारोबार हुने संघको भनाइ छ ।
एक्स्पो संयोजक प्रजापतिले कार्यक्रमको लागि तयारी तीब्र रुपमा अघि बढाइएको जानकारी दिए ।
उनकाअनुसार विद्युतीय साम्रगीहरु सँगसँगै मौलिक उत्पादनकोसमेत स्टल राखिने छ भने हस्तकला, अटो मोबाइल, सुनचाँदीको लागि पनि स्टल छुट्याइएको छ ।
एक्स्पो अवधिभर विभिन्न सामानहरुको खरिदमा १५ देखि ५५ प्रतिशतसम्मको पनि छुटको व्यवस्था गरिएको छ ।
भक्तपुरलाई नै प्रमोट हुनेगरी संघले ब्राण्ड एम्बास्डरको रुपमा मिस भक्तपुर अलिना खड्कालाई राखिएको छ ।
इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा ५० करोड रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ ।







































