भक्तपुरमा फुड फ्रेस्टिबल, चार देशका खाना एकै थलोमा

283

भक्तपुर । भक्तपुरड फुड फ्रेस्टिबल हुने भएको छ । आगामी पुस ९ गतेदेखि १६ गतेसम्म फ्रेस्टिबल हुने भएको हो ।

भक्तपुर नगरपालिका वडा नम्वर १ मा अबस्थित सल्लाघारी सपिङ्ग कम्पेल्क्समा उक्त फ्रेस्टिबल हुने भएको हो ।

बिभिन्न देशका साथै देशभित्रकै आन्तरिक पक्वानहरुको स्वाद एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यका साथ आफूहरुले फुड फ्रेस्टिबल गर्न लागेको कार्यक्रम संयोजक राजीब न्यौपानेले जानकारी दिनुभयो ।

कोरियन ,थाई ,इन्डियन र जापानिजका साथै बिभिन स्ट्रिड तथा स्टिक फुडको स्वाद उक्त मेलामा दिन सकिने उहाँले जानकारी दिनुभयो ।

सस्तो तथा शुलभ मुल्यमा विभिन्न स्वाद दिन आफूहरु तयार भएको बताउँदै उहाँले मेलामा नेवारी बार चटामरी यमरी लगाएतका परिकारले पनि स्थान पाउने बताउनुभयो । हामी समुद्री खाना देखि स्ट्रिड फुड जुन विश्वमा निकै लोप्रिय रहेका छन् ती खानाको स्वाद घर आँगनमा नै दिन तत्परताका साथ अगी बढेको उहाँको भनाई थियो ।

यस्तै मेलामा विभिन्न खानाको स्वाद सँगै महिला उद्यमीहरुले उत्पादन गर्नुभएका हस्तकलाका सामानको पनि प्रदर्शनी तथा विक्री गर्ने सल्लाघारी समिङ्ग कम्पेल्क्सका अध्यक्ष कृष्ण गोविन्द खाईजूले जानकारी दिनुभयो ।

विश्वमा खाइने विभिन्न परिकारको विषयमा ज्ञान दिदै तिनको स्वाद आफ्नै स्थानमा चाख्न सक्ने वातावरणका लागि आफूहरुले उक्त फ्रेस्टिबल आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

मेलामा २० देखि २५ हजार स्वादका पारखी आउने आयोजकको अनुमान छ ।