भक्तपुरमा बाबुको उपचार गराउन आएकी बालिका झाक्रीद्वारा बलात्कृत

640

भक्तपुर । बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीया बालिकालाई भित्र बोलाई धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

धामीले आफूलाई जबरर्जस्ती गरेको बाबुलाई बताएपछि सोही दिन प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्यपरीक्षण गरिएको प्रहरीको भनाइ छ ।

जाहेरी आएलगत्तै प्रहरी १९ गते घटनास्थल पुग्दा धामी घिमिरे फरार भएको र खोजीको क्रममा रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।