भक्तपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा अनन्तकृष्ण वैंघ्य मनोनित

112

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ९ निवासी अनन्तकृष्ण वैंघ्य भक्तपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनयन भएका छन्। वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा ले उनलाई औपचारिक रूपमा सदस्य नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

नव नियुक्त वैंघ्यले भक्तपुरको खेलकुद विकासका लागि सक्रियरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले खेल क्षेत्रको प्रवर्द्धन, खेलाडी विकास, पूर्वाधार निर्माण तथा खेलकुद गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।

यस अघि नै भक्तपुर जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष राजु थापाको नियुक्ती भई सकेको छ ।