यसैगरी तापक्रम बढिरह्यो भने धर्ती सुक्छ

709

काठमाडौं — वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि भएमा धर्तीको एक चौथाइ भाग सुक्नेछ । वैज्ञानिकहरूको एक समूहले गरेको अध्ययनले यस्तो स्थितिमा पृथ्वीमा सुक्खा र जंगलमा आगो लाग्ने घटना बढ्न सक्ने देखाएको छ ।

तर ग्लोबल वार्मिङलाई डेढ डिग्री सेल्सियससम्म रोकिएमा धर्तीका केही भागमा यस्ता परिवर्तनलाई रोक्न सकिन्छ । बेलायतको ईस्ट एग्लिंया विश्वविद्यालय र चीनको सदर्न युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूले

यस निष्कर्षमा पुग्नुअघि जलवायु परिवर्तनसँग जोडिएका २७ मोडलहरूको अध्ययन गरेका छन् ।

अध्ययनका दौरान उनीहरूले औद्योगिक क्रान्तिको समयको तुलनामा ग्लोबल वार्मिङमा डेढदेखि दुई डिग्री सेल्सियसको वृद्धि हुँदा सुक्ने ठाउँको पहिचान गरेका छन् । उनीहरूले जमीनको सतहमा वर्षाबाट प्राप्त हुने पानी र जलवाष्प बन्ने दरको अनुपातका आधारमा एरिडिटी मापन गरेर यो निष्कर्ष निकालेका हुन् ।

एजेन्सी