मध्यपुर थिमि । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को भक्तपुर जिल्ला उपाध्यक्षमा मध्यपुर थिमि नपा ४, इनाएटोलका स्थानिय राजनितिज्ञ पञ्चकृष्ण श्रेष्ठ चयन हुनु भएको छ ।
श्रेष्ठ काठमाडौं उपत्यका समन्वय समितिको सदस्यमा समेत मनोनित हुनुभएको छ । प्रष्ट विचार एवं आप्mनो दरो अडानका कारण श्रेष्ठ निडर राजनीतिज्ञको रुपमा पनि मध्यपुर थिमि र भक्तपुरमा परिचित हुनुहुन्छ ।










































