राप्रपाको युवा मोर्चा भेलाबाट कृष्ण बरुवालको अध्यक्षतामा भक्तपुर मोर्चा गठन

373

भक्तपुर । राप्रपाको युवा मोर्चा भेलाबाट कृष्ण बरुवालको अध्यक्षतामा २१ सदसिय जिल्ला कार्यसमिति गठन गरेको छ । भक्तपुरमा विहिवार भएको युवा भेलाले बरुवालको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष दिनेश श्रेष्ठ , युवा मोर्चाका केन्द्रिय अध्यक्ष केदार धमला , उपाध्यक्ष विकास पाण्डे , सचिव बिनोद घर्ती , पार्टी जिल्ला उपाध्यक्षहरु नर गोविन्द शंखदेव , रविकृष्ण श्रेष्ठ , नारायण थापा लगायतका अतिथिहरुहको उपस्थितिमा भएको भेलाले बडुवालको अध्यक्षतामा युवा मोर्चा गठन गरेको राप्रपा भक्तपुरले जनाएको छ ।
राप्रपा हाल एक हुने संघारमा कुनै पनि बैमनस्यता नराखी एक आपसमा मिलेर काम गर्नु पर्ने बताउँदै जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले पार्टी भित्र भएका बैमनस्यतालाई समेत हटाएर सवै एक हुन् आवश्यक भएको बताउनुभएको थियो ।
कार्यक्रमका सभापति युवा मोर्चा का केन्द्रिय सह सचिव एवं पार्टीका चाँगुनारायण नगरपालिका समिति संयोजक मनोज तिम्सिनाले गर्नु भएको थियो भने जिल्ला सचिब मुकुन्द कार्की , मजदुर संगठनका जिला संयोजक रामसरण बरुवाल , मध्यपुर नगर समिति अध्यक्ष भुवन वाग श्रेष्ठ , युवा मोर्चाका केन्द्रिय अध्यक्ष केदार धमला लगायतका बत्ताले अवका दिनमा फुटको राजनीतिलाई त्यागेर जुटको राजनीतिमा लाग्नु पर्ने बताएका थिए ।
आज भएको भेलाले गठन गरेको मोर्चा यस्तो रहेको छ
संयोजक ः कृष्ण बरुवाल
सह संयोजक ःमान वहादुर राजवहाक
सचिव लक्ष्मी सुन्दर पक्का
कोषध्यक्ष सुरज प्रजापति
सह सचिव सन्तोष तिमिल्सिना
सह कोषाध्यक्ष विक्रम गोसाई
सदस्यहरु दिपेन्द्र मताङ् , किरण दुवाल , जिवन माक ,राजेन्द्र राजवहाक ,सुनिल तिमिल्सिना ,सुशान्त पुरी ,शेखर थापा ,सन्दीप राउत ,सविन सायजु, उज्वल श्रेष्ठ, बलराम बरुवाल, सुजन थाक्वन, विष्णु चौगुठी , गौरव बरुवाल ,प्रदिप , बर्षा बरुवाल रहेका छन् ।