राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित

0

काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित हुनुभएको छ ।

मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उहाँको नेतृत्वमा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

निर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेस प्रदेश उपाध्यक्षमा भोला पासवान (अवलोकृत डटकम) तथा बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल (रासस) निर्वाचित हुनुभएको छ ।

यस्तै, गण्डकी प्रदेश उपाध्यक्षमा नरभूपाल विक, लुम्बिनी प्रदेश उपाध्यक्षमा मानसिंह विक, कर्णाली प्रदेश उपाध्यक्षमा टेकेन्द्र रसाइली, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम विक तथा समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित हुनुभएको छ ।

महासचिवमा करन ताम्राकार निर्वाचित हुँदा सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष बराइलीका अनुसार ४५ सदस्यीय कार्यसमितिमध्ये बाँकी १० सदस्य पछि मनोनयन गरिनेछ ।