लागुपदार्थ ओसारपसारविरुद्ध कोटेश्वरमा वृहत र्याली

1692

काठमाडौं ।

लागूपदार्थ सेवन तथा अवैध ओसारपसार (तस्करी) विरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरले कोटेश्वरमा वृहत जनचेतानामूलक र्यालीको आयोजना गर्यो ।

शुभअवसर ग्राम नेपाल (ओभिएन) को सहयोगमा महानगरीय प्रहरी प्रभाग परिसर कोटेश्वरबाट लागुपदार्थ सेवन तथा अवैध ओसारपसार विरुद्ध जनेचतना फैलाउने खालको पर्चा, पम्प्लेट र ब्यानरसहित निकालिएको जनचेतनामुलक र्यालीको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले उद्घाटन गरेका थिए ।

प्रहरी र स्थानीय विद्यालयका विद्यार्थीको सहभागितामा महानगरीय प्रहरी प्रभाग परिसरबाट सेतीओपी मार्ग हुँदै कोटेश्वर महादेवस्थानबाट फेरी कोटेश्वर चोकमा आएर र्याली समापन भएको थियो ।

र्याली समापनका अवसरमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामा, सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरी, शुभअवसर ग्राम नेपालकी कार्यक्रम संयोजक अन्जना लामालगायतले लागुपदार्थ सेवन तथा ओसारपसार विरुद्ध आआफ्नो विचार राखेका थिए ।

सो र्यालीमा कोटेश्वर क्षेत्रका विभिन्न १३ विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी, स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि गरी करीव ५ सयको सहभागिता रहेको सामुदायिक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज, प्रहरी सहायक निरीक्षक राजेन्द्र पुजाराले बताए ।