ल्होछार टुडिखेलको मैदानमा हैन दुरदराजको गाउँको घरघरमा पुर्‍याउनु पर्ने उदघोष गर्दै तामाङ फाउण्डेसन नेपालको घोषणा सभा सम्पन्न

1240

काठमाण्डौं । ल्होछार टुडिखेलको मैदानमा हैन दुरदराजको गाउँको घरघरमा पुर्योउनु पर्ने उदघोष गर्दै तामाङ फाउण्डेसन नेपालको घोषणा सभा सम्पन्न भएको छ ।

तामाङ भाषा, कला, संस्कृति, साहित्य र धर्मको रक्षाका लागि स्थापित तामाङ फाउण्डेसन नेपालले काठमाण्डौंमा आज एक कार्यक्रमका विच केवल काठमाण्डौंको टुडिखेलमा मात्र सिमित भएको ल्होछार दुरदराजको गाउँका घरघरमा पुञ्याउनु पर्ने जनाएको हो ।

कार्यक्रममा तामाङ कला साँस्कृतिक रहन सहन एवं विविधतताको प्रर्दशनी समेत गरिएको थिथो ।


कार्यक्रममा तामाङ भाषा साहित्य कला सँस्कृति झल्कीने विभिन्न झाँकी एवं गीत संगीतको आयोजना तामाङ समुदायका विशिस्ट कलाकरहरुले प्रस्तुती गरेका थिए । घोषण सभामा लामा,बोम्बो र ताम्बाको प्रस्तुति बेजोड रहेको थियो ।


तामाङ फाउण्डेशन नेपालले आफ्नो घोषण सभामा तामाङ ईतिहास र तामाङ दर्शनको बारेमा गहन अध्ययन एवं अनुसन्धान गर्नु पर्नेमा जोड दिएको छ ।

घोषणा सभामा फाउन्डेसनले तामाङको विषयमा विभिन्न विदेशीले गरेको अनुसन्धान एवं खोज केवल देखावटी मात्र भएको र यसले तामाङ ईतिहाँस र मौलीकतालाई समेट्न नसकेको जनाउँदै तामाङ आफैले आफ्नो विषयमा खोज एवं अनुसन्धान गर्ने जनाएको छ ।

यसका साथै हाल तामाङ तामाङ विच नै वोलिने भाषामा समेत एकरुपता नभएको जनाउँदै भाषाको एक रुपता र सहजिकरणका लागि संस्थाले काम गर्ने जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पूर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ लालध्वजले तामाङको ईतिहाँसको सवालमा हामीले खोज एवं अनुसन्धान गर्न आवश्यक भएको वताउनुभएको थियो ।

कार्यक्रमको सभापतीत्व संस्थाका अध्यक्ष अरुण घिसिङले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन संस्थाका महासचिव सुदिन दोङले, स्वागत मनतब्य सस्थको उपाध्यक्ष अल्फा लामा , तामाङ  दर्शनको प्रतिबेदन प्रस्तुत सस्थाको केन्द्रीय सदस्य सिङ्ग मोक्तान, सस्थाको घोषणा पत्र प्रस्तुत सस्थाको केन्द्रीय सदस्य बाबुलाल स्याङ्तातबाट भएको थियो ।

 

कार्यक्रममा लोक गायक चन्द्र कुमार मोत्तान , तेमाल गाउँपालीकाका अध्यक्ष सलाम सिंह तामाङलगाएतका वत्ताले संस्थाको सफलताको शुभकामना दिएका थिए ।