विषाक्त रक्सीले मलेसियामा एक नेपालीसहित १५ को मृत्यु :: PahiloPost

299

क्वालालम्पुरः ‘यति चाँडो यस्तो भयो,’ मलेसियाको सुनगाइ बुलोह अस्पतालमा मंगलबार दिउँसो मृत्यु भएका एक नेपालीकी श्रीमती भन्दै थिइन्। मलेसियामा विषाक्त रक्सीका कारण मृत्यु हुनेको संख्या १५ पुगिसकेको छ। अझै १५ जना अस्पतालमा उपचाररत छन्। मृत्यु हुने मध्ये एक जना नेपाली छन् आइते सिंह गोले।

मंगलबार दिनभर अस्पतालको शवगृह अगाडि पतिको मृत शरीर बुझ्नका लागि पखाईमा थिइन् उनकी श्रीमती ३७ वर्षीया माया डोल्मो। उनले श्रीमानको मृत्युको खबर यति छिट्टै सुन्नु पर्‍यो। भर्खरै उनी काममा मात्र पुग्दै थिइन्। श्रीमान डेरामै थिए। उनले फोन गरे श्वास फेर्न गाह्रो भएको भन्दै। उनी तुरुन्त श्रीमान भएको स्थानमा पुगिन्। तत्काल श्रीमानलाई अस्पताल पुराइन्। तर अस्पतालले १५ मिनेटमा नै गोलेको मृत्युको घोषण गर्‍यो।

‘उहाँ कामबाट गएरात घरमा आउनुभएको थियो। उहाँले अलिकति पिएर आएको बताउनुभएको थियो,’ शवगृह अगाडि भेटिएकी उनले भनिन्, ‘राती ठिक ठाक नै हुनुहुन्थ्यो। विहान म काममा निस्कनु अगाडि पनि ठिकै हुनुहन्थ्यो।’

डोल्मो विछिप्त अवस्थामा अस्पतालको शवगृह अगाडि श्रीमानको मृत शरीरको विषयमा कसैले बोलिदेला भनेर बसिररहेकी छन्।

‘मलाइ दुई बजे फोर्न गर्नुभयो। श्वास फेर्न गारो भयो भन्दै। हतारहतार घर पुगेँ। अस्पताल ल्याए यो सब यति छिट्टै भयो की हामी अस्पतालमा पुग्यौँ। १५ मिनेटमा नै मलाई भनियो उहाँ जानुभयो,’ उनले भनिन्। सिंह मलेसियामा ८ वर्ष देखि एउटा प्लास्टिक उद्योगमा काम गर्थे उनीमाथि निर्भर तीन सन्तान छन् १०, १५ र १७ वर्षका। केही पत्रकारहरु अस्पतालको शवगृह अगाडि झुम्मिएका छन्। प्रहरीका अनुसार मृत्यु भएका मध्ये अन्य उनीसँग सात जनाको यही अस्पतालमा मृत्यु भएको हो। अन्य १५ जना पनि यही उपचार गरिरहेका छन्।

 

Source link