सगुनको २६औं साधारण सभा सम्पन्न

229

ललितपुर । जीविकोपार्जन, अनुसन्धन र सामाजिक विकासको सवालमा काम गर्दै आएको सगुनको २६औं साधारण सभा सम्पन्न भएको छ । ललितपुरमा एक कार्यक्रम विच सगुनको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा भावी राणनीतिक योजना प्रस्तुत गर्दै सचिव डा. कमल फुयालले देशमा राजनीतिक परिर्वतन सँगै अवका दिनमा सगुनले पनि रणनीतिक परिर्वतन गर्न आवश्यक भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष डा. संग्राम सिं लामाले आर्थिक पारदर्शिता नहुने एनजिओ आईएनजियोहरुलाई नियमन गर्नु पर्ने बताउनुभयो । उहाँका अनुसार आर्थिक पारदर्शिता नभएका एनजिओका कारण सवैलाई काम गर्नु गारो भएको उहाँको भनाई थियो ।

कार्यक्रममा सगुनका कार्यकारी निर्दैशक महन्तबाबु महर्जनले हालको अवस्थामा एनजिओप्रति स्थानीय निकायको वितृष्णा बढेको बताउनुभयो । उहाँले अवका दिनमा पहिलाको पारामा एनजिओले काम गर्ने भन्दा पनि अव सुधारात्मक रुपमा जन प्रसंसनिय रुपमा काम गर्नु पर्ने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रमका सभापतित्व गर्नु भएका संस्थाका अध्यक्ष डा. मुक्त सिं लामाले हाल सरकारले एनजिओ चाहिन्न भन्नु मुर्खता भएको बताउनुभयो । उहाँका अनुसार एनजियो चाहिन्न भन्नु त राम्रो हो तर स्थानीय सरकारको बजेट केवल डोजर चलाउन मात्र सिमित भएका अवस्थामा एनजिओसंग समन्वय गर्दै विकासका काममा जुट्नु पर्ने आवश्यकता भएको बताउनुभयो ।
नेपालमा तीन तहको निर्वाचन पछि आएको समस्यालाई चिर्दै सवै मिलेर विकासमा जुट्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

यस्तै उहाँले राशी खोलाको उदाहरण दिदैं रोशीका माध्यमबाट हुँदै आएको जीवनयापनमा खोला फोहर भएसँगै यसको प्रत्यक्ष असर मानिस र जीव जन्तुमा परेको बताउनुभयो । अव यसको रोकथामको लागि स्थानीय निकाय र हामी जस्ता एनजिओको माध्यमबाट रोशी सफाई अभियान चलाउनु पर्ने समेत उहाँले बताउनुभयो ।

सगुनको २६ औं साधारण सभा सँगै अवका दिनमा सगुनले विभिन्न तालिम संचालन गर्ने देखि अनुसन्धान,JESI, विकास निर्माण सम्वन्ध प्रकाशन, जीवनयापनको पाटोमा मुख्य गरि काम गर्ने लक्ष्य राखेको जानकारी दिएका थिए ।