काठमाडौं । प्रदेशसभाको समानुपातिक सदस्यमा नपारेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कार्यालयमा तोडफोड भएको छ ।
नेपाल मधेशी कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोद सिंहको नाम समानुपातिकको अन्तिम सूचिमा नपारिएको भन्दै उनी निकट कार्यकर्ताले तोडफोड गरेका हुन् ।
उनीहरुले पार्टीको बोर्डका साथै कुर्सीहरु तोडफोड गरेका हुन् ।
सरकारी जागिर छाडेर समानुपातिकमा बसेका उनी प्रदेश २ को समानुपातिकमा थिए ।
यी हुन् राजपाका समानुपातिक सांसद
राष्ट्रिय जनता पार्टी (राजपा)ले समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ ।
अाज बसेको अध्यक्ष मण्डलको बैठकले प्रदेश २ बाट १०, प्रदेश ५ र ७ बाट एक-एक सदस्य सदस्य गरि १२ जना छनोट गरेको हो ।
प्रदेश २
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३. अन्जु कुमारी
४. पुनम यादव
५. विभा ठाकुर
६. डिम्पल झा
७. रामनरेश राय
८. जानकी शरण साह
९. राम प्रवेश बैठा
१०. लैला खातुन









































