काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।






































