पोखरा– पोखरामा मंगलबार एक बालिका मृत फेला परेकी छिन्।
सोमबार साँझबाट सम्पर्कविहीन बनेकी ९ वर्षीय श्रीया विकको शव पोखरा–२२, भुम्दीभुम्दीमा फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए।
उनले घटनाको थप जानकारी अस्पतालबाट पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताए।







































