काठमाडौ ।
सुदिन लामा दोङ । स्युङ बिना ल, ए बिना ङ,तपारी अखाम“ भन्ने बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार बौद्वमा पत्रकार सम्मेलन गर्दै जिग्मे मिडिया प्रा लिको प्रस्तुती रहेको उक्त म्युजिक भिडिया सार्वजनिक गरिएको हो ।
चर्चित खलनायक विकु थोकरको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोका निर्माता सगर घिसिङ र पदम योञ्जन रहेका छन ।
सार्वजनिक गरिएको म्युजिक भिडियोको रचनाकार कुमार स्याङवा रहेका छन भने संगीत निमा दोङको रहेको छ । यस्तै स्वर जितु लोप्चान र आर के योञ्जनको रहेको छ ।
नायक सगर घिसिङ र पत्रकार एवं मोडल स्मारिका थिङको कलाकारीता रहेको उक्त भिडियो पहिलोपल्ट डेव्यु गरिएको हो । जरसिङ पौवामा छायांकन गरिएको उक्त भिडियोका क्यामरामा सुर्य लामा अनी कोरियग्राफर अजय स्याङतानको रहेको छ ।
तामाङ चलचित्रको चर्चित नायक कुमार मोक्तान, चर्चित गायक तथा संगीतकार विश्व दोङ, विशाल काल्तान, प्रयास दोङ, लापसाङ कार्पो निर्देशन रोशन फ्युपा चलचित्र निर्मात्री भगवती मोक्तान गायक सुवास लामा लगाएत संचारकर्मीहरुको उपस्थितिमा उक्त भिडियो सार्वजनिक गरिएको थियो ।









































