कर्मचारी समायोजन गर्दा एक तह बढुवा दिनु पर्ने : कमला पन्त

1429

काठमाण्डौं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले स्थानिय तहमा कर्मचारी समायोजन गर्दा एक तह बढुवा दिनु पर्ने वताउनुभयो ।

नेपाल निजामती कर्मचारी यूनियन विभागिय कार्यसमिति भुमी सुधार तथा ब्यवस्था मन्त्रालयको आयोजनामा भएको तिज विशेष तथा थैली हस्तान्तरण कार्यक्रममा वोल्दै पन्तले कर्मचारी समायोजन विद्ययक संसदमा चलिरहेको र संसदबाट सवै कर्मचारीको समस्या समाधान हुने गरि एक तह बढुवा गर्नु पर्ने वताउनुभएको हो ।

उहाँले कर्मचारी स्थायी सरकार भएको बताउँदै समायोजनमा एक तह बढुवा आजको आबस्यकता नै भएको उल्लेख गर्दै यसको लागि आफु दिलो ज्यानले लाग्ने बताउनुभयो ।

माननीय कमला पन्तले अबको महिला तिज मनाउने मात्रै होइन नीति निर्माण तहमा समेत जानू पर्ने भन्दै अबको केही समयमा ५०प्रतिशत महिला निजामती सेवामा रहने बताउनु भयो ।

उहाँले भन्नू भयो महिला निजामती सेवामा यसरी आउनु हिजोका दिनमा सहज थिएन अहिले तपाईं हरुलाई धेरै अबसर छ आरक्षण छ उक्त कुराको सदुपयोग गर्न आफैले नै जान्नुपर्ने उहाँको भनाई थियो ।

अबको महिला नेपाल सरकारको मुख्य सचिब अनि सचिब हुने बाटो खोल्न हामीले धेरै मिहेनत गरेका छौ । सजिलो बाटो बाट अब तपाईं महिलाहरुले देसमा शुशासन कायम गराउनुस , भ्रष्टाचारकोको समुल नस्ट गर्नुस अनि स्वाभाविका रुपमा नै महिला प्रतिको असमजस्यताको ब्यवहारको अन्त्य हुने छ पन्तले भन्नुभयो ।

उहाँका अनुसार अझ युनियन कर्मी भनेको त सुशासनको संबाहक हुन् कार्यालयमा महिला युनियनका कर्मचारी देख्ने बितिकै सेवाग्राही हासेर सेवा पाउन यो नै हाम्रो ठुलो सफलता हुने छ ।

पन्तका अनुसार नेपालका कर्मचारीको जीवन धान्न नसकिने तलब प्रणालीमा व्यापक सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो यसमा म पनि दिलो ज्यानले लाग्ने छु उहाँले वताउनुभयो ।

कार्यक्रममा नापी बिभागका महानिर्देशक श्री गणेश प्रसाद भट्ट , उपमहानिर्देशक निरज मानन्धर , उपमहानिर्देशक मोहमद साबिर हुसैनले महिलाहरुको चाड तिजको शुभकामना दिदै तराई लगाएतका स्थानमा आएको विपत्तीको सामना गर्न कर्मचारी तन्त्रले सक्दो सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रममा लामो समय भुमी सुधार तथा ब्यवस्था मन्त्रालयको मताहतमा रहि निजामती सेवामा सेवा प्रदान गरि निवृत्त हुनु भएकी सावित्री गुरुङलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम बिभागिय अध्यक्ष इस्वर अर्यालको सभापतित्वमा सम्पन भएको थियो । यस्तै कार्यक्रममा स्वागत बिना कुमारी तन्डुकारले र कार्यक्रम संचालन सजनी वाइबा लामाले गर्नु भएको थियो ।