भक्तपुर । नेपालका चर्चित अर्थशास्त्री एवं पूर्व अर्थमन्त्री
डा.बद्री प्रसाद श्रेष्ठको निधन भएको छ ।
उहाँ जापानका पुर्ब राजदूत,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत हुनु भएको थियो ।
राष्ट्रिय पञ्चायतका पुर्ब सदस्य समेत रहनु भएका उहाँको आज बिहान २ः ५१ बजे ललितपुरको निदान अस्पतालमा निधन भएको हो ।
राजा ज्ञानेन्द्रको समेत आफ्नो प्रत्यक्ष शासनकालमा डा. बद्रीप्रसाद श्रेष्ठ अर्थमन्त्री रहनु् भएको थियो ।
राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको समयमा वरिष्ठ अर्थशास्त्री डा. बद्रीप्रसाद श्रेष्ठलाई विश्वविद्यालयका प्राध्यापकबाट अर्थमन्त्री बनाइएको थियो ।
नेपालको अर्थ ब्यवस्थाको पूर्व ज्ञाता रहनु भएका डा श्रेष्ठको निधनले नेपालले वरिष्ठ एवं एक राम्रा अर्थशास्त्री गुमाएको छ ।
उहाँका श्रीमती ,छोरा र दुई छोरी रहन्ु भएको छ ।
उहाँको पार्थिव शरीरलाई अहिले नर्भिक अस्पताल थापाथलीमा राखिएको छ ।
दिवंगत श्रेष्ठको बुधवार पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।








































