ताथली र सुडालमा चलिरहेको आलु जोनमा के भइरहेको छ ? भिडियाे सहित

448

हरिशुन्दर छुकां

भक्तपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भक्तपुरमा आलु जोनका रुपमा रहेका क्षेत्रलाई आलुको ब्राण्ड बनाई बजार व्यवस्थापन गर्न त्यहाँका किसान जुटेका छन् । किसानकै सक्रियतामा आलु जोन समिति गठन गरी १ हजार ४७० कृषकको १४२ हेक्टर कृषियोग्य जमिनमा सामूहिक खेती शुरु भएपछि कृषक आफैँ आलुको ब्राण्ड निर्माण गरी बजारको व्यवस्थापनमा जुटेका हुन् । परियोजना अन्तर्गत सुडाल र ताथलीलाई गत वर्ष आलु जोन घोषणा गरेसँगै कृषक यसतर्फ आकर्षित भएका हुन । दश वर्षे परियोजनाअन्तर्गत चाँगुनारायण नगरपालिकाको सुडाल र ताथलीका स्थानमा ५०० हेक्टर क्षेत्रफलमा व्यावसायिक आलुखेती गर्ने लक्ष्य राख्दै आलुखेतीलाई आधुनिकीकरण गरी ब्राण्ड बनाएर बजार व्यवस्थापन गरिने भएको हो । परियोजनाले आलु उत्पादन, प्रशोधन र विविधिकरण गर्न ‘कष्टम हायरिङ्ग सेन्टर’ र पोष्ट हार्वेष्टिङ्ग’ लगायका सेवाहरु सञ्चालनमा रहेको र सो कार्यक्रमबाट किसानहरु लाभान्वित भइरहेको आलु जोन परियोजना एकाइले जनाएको छ ।