धरानमा आगलागी – Purbeli News

314

धरान / धरानमा आगलागी शनिवार भएको छ । धरान ८ स्थित अरुण टोल सुकुम्बासी मा इन्द्रबहादुर राईको ग्वालीमा आगलागी हुदा ग्वाली पूर्ण रुपमा क्षति भयो भने छेउछाउका घरमा समेत आंशिक असर ग¥यो । समयमै बारुणयन्त्र पुगे पनि ग्वालीसम्म जाने बाटो नहुदा बारुणयन्त्र एकसय मिटर वर राखेर आगो नियन्त्रण गर्नुपर्ने अवस्था थियो । विहान ७ बजे लागेको आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी र वारुण यन्त्रलाई करिब ३ घण्टा लागेको थियो ।

आगलागीबाट राईको ग्वाली पूर्ण रुपमा नष्ट भएको छ भने छिमेकी दिलकुमार राई घरमा राखेको टिभी, पंखा, प्रेसर कुकुर, राइस कुकर, लत्ता कपडा, ओढेने ओछ्याउन लगायतका सामाग्री पूर्ण रुपमा नष्ट भएको छ । आगलागी फाहोर डढाउन क्रममा भएको स्थानीयहरु बताउछन् । आगलागीबाट के कति क्षति भयो भन्न एकिन नभएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्ष्ँक अशोककुमार जवेगुले बताउनुभयो ।

Purbeli TV

Source link