पूर्वराजाबाट समवेदना

324

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट जनधनको क्षति भएको दुःखद खबरप्रति चिन्ता ब्यक्त गरेका छन् ।

पूर्वराजाले यो घटना सुन्दा आफू स्तब्ध भएको भन्दै प्राकृतिक विपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समबेदना प्रकट गरेका छन् ।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्वराजा अहिले इलाममा रहेका छन् ।

बारा र पर्सामा भएको हावाहुरीमा परी २७ भन्दा बढीको मृत्यु भएको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।