पोखरा । पोखराका दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । बिहीबार विहान पोखरा बजारक्षेत्रका मुख्य सडक सभागृह चोकको ट्राफिक पोस्ट र भण्डारढिकमा शंकापल बस्तु भेटिएको हो ।
दुवै ठाउँमा नेपाली सेना पुगेर शंकास्पद बस्तु निष्कृय बनाएको कास्की जिल्लाका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङ्गले जानकारी दिए ।
नेपाल बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन् ।







































