भक्तपुरका चारै नपालाई सुगर परिक्षण गर्नै गुल्कोमिटर र सुगर परिक्षण गर्ने पिन वितरण

282

भक्तपुर ।  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको समन्वयमा कोइका नेपालको सहयोगमा भक्तपुरका चारैवटा नगरपालिकालाई सुगर परिक्षण गर्नै गुल्कोमिटर र सुगर परिक्षण गर्ने पिन मंगलबार वितरण गरिएको छ ।
कोइका नेपाल की स्वयंसेवक मीन ह्योङ्गको उपस्थितीमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज कुमार थापाले ती सामाग्री नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरुलाई वितरण गर्नुभएको थियो । भक्तपुर जिल्लाका ३० वटा स्वास्थ्य चौकीहरुलाई वितरण गर्ने गरी नगरपालिका मार्फत् सुगर परिक्षण सामाग्री वितरण गरिएको जिल्ला सभापति थापाले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकालाई ९ सेट गुल्कोमिटर र ९०० थान पिन, सुर्यविनायक नगरपालिकालाई १० सेट गुल्कोमिटर र १००० थान पिन, भक्तपुर नगरपालिकालाई ४ सेट गुल्कोमिटर ४०० थान पिन र मध्यपुर थिमि नगरपालिकालाई ७ सेट गुल्कोमिटर र ७०० थान पिन वितरण गरिएको छ ।
यसअघि पनि कोइका नेपालले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरसँगको समन्वयमा भक्तपुर जिल्लाका तीनसय जना स्वयं सेविका र नेपाल रेडक्रस सोसाइटीका २१ वटै उपशाखालाई प्राथमिक उपचार सामाग्री बाकस पनि प्रदान गरिसकेको छ । साथै रेडक्रससँगको समन्यमा जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजनामा पनि सहयोग पुर्याउँदै आएको छ ।

फोटो र जानकारी ः भक्तपुरबाट विदुर नेपाल