भक्तपुरको झौखेलको स्वास्थ्य केन्द्र भवनमा गाईगोठ

522

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा बनेको स्वास्थ्य केन्द्र भवन चार वर्षदेखि गाईगोठका रूपमा प्रयोग हुँदै आएको समाचार आजको नयाँ पत्रिकाले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, स्थानीय सावित्री न्यौपानेले भवन आफ्नो जमिनमा बनेको भन्दै ताला लगाएकी छिन् । त्यहाँ उनले गाईगोरु बाँध्ने, घाँसपराल थन्क्याउने गर्दै आएकी छन् ।

राज्यकोषको करोडौं रुपैयाँ खर्चिएर बनाइएको भवनको खुलेआम दुरुपयोग हुँदा पनि संरक्षणका लागि कसैले चासो दिएको छैन ।

सो भवन तीन वर्ष लगाएर ०७१ मा १ करोड १५ लाख (भ्याटबाहेक) खर्चमा बनाइएको थियो ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भवन उद्घाटन गरेका थिए ।