मिर्गाैलापीडित नकर्मीलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

537

काठमाडौं ।
दुवै मिर्गाैला फेल भएर विगत १० वर्षदेखि नियमित डायलोसिस गर्दै आएका कोटेश्वर सेतीओपी मार्गका ५४ वर्षिय श्यामलाल नकर्मीको उपचारको लागि सहयोग गर्ने क्रम जारी रहेको छ । सहयोग रकम जुट्न थालेपछि मिर्गाैला पीडित नकर्मीको वाँच्ने आशा बढेको छ ।
मष्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गाैला झिकेर नकर्मीमा प्रत्यारोपण गर्न शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उनी लाइनमा रहेका छन ।
अष्ट्रेलियामा बस्दै आएका ‘बि फाइभ फेशन वेयर’ कोटेश्वरका सञ्चालक विमल श्रेष्ठको अगुवाइमा अष्ट्रेलियाम संकलन भएको १ लाख ३७ हजार रुपैयाँ मिर्गाैला पीडित नकर्मीलाई हस्तान्तरण गरिएको छ ।
भाइ विमलले पठाएको सो रकम ‘बि फाइभ फेशन वेयर’ कोटेश्वरका अर्का सञ्चालक एवम् विमलका दाजु वचन श्रेष्ठले नकर्मीलाई हस्तान्तरण गरे ।
नकर्मीलाई प्रत्यारोपणको अघि गरिने परीक्षण तथा प्रत्यारोपणपछि नियमित औषधिको लागि तत्काल करीव ७ लाख रुपैया आवश्यक पर्ने बताइएको छ ।
दुईहप्ताअघि मिर्गाैला पीडित नकर्मीलाई कोटेश्वर व्यवसायी संघले १ लाख १४ हजार ६३५ रुपैया प्रदान गरेको थियो । उनको उपचार सहयोग रकम जुटाउन कोटेश्वरको सेतीओपी युवा क्लवले श्यामलाल नकर्मी वचाउ अभियान शुरु गरी ‘प्राइम कमर्शियल बैंक कोटेश्वर शाखा’ र ‘सेतीओपी युवा क्लव स्वास्थ्य’मा गरी दुईवटा खाता खोलेको छ ।
युवा क्लवमा पनि केही उपचार सहयोग संकलन भईरहेको र हालसम्म कोटेश्वर व्यवसायी संघको साथै अष्ट्रेलियाबाट समेत गरी करीव ३ लाख रुपैया संकलन भएको छ भने अझै ४ लाख रुपैया अपुग भएको श्यामलाल वचाउ अभिायनाका सदस्य विकास श्रेष्ठले बताएका छन ।